+
+

७३ प्रतिशत नेपालीले चलाउँछन् स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १४:२१

१० चैत, काठमाडौं। नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन पुगेको छ ।

शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले मोबाइल फोन बोक्छन् ।

तीमध्‍ये कोशी प्रदेशमा ७२.६ प्रतिशत, मधेश प्रदेशमा ७४.८ प्रतिशत, बागमती प्रदेशमा ६८.२ प्रतिशत, गण्डकी प्रदेशमा ७१.१ प्रतिशत, लुम्बीनी प्रदेशमा ७४.६ प्रतिशत, कर्णाली प्रदेशमा ८२.२ प्रतिशत र सुदूरपश्‍चिम प्रदेशमा ७९.१ प्रतिशत जनताको हातमा मोबाइल फोन रहेको पाइएको छ ।

यस्तै नेपालमा बसोबास गर्ने ७३ प्रतिशत जनताले स्मार्ट मोबाइल फोन चलाउने गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्‍ये कोशी प्रदेशमा ७४.२ प्रतिशत, मधेश प्रदेशमा ६६.९ प्रतिशत, बागमती प्रदेशमा ८० प्रतिशत, गण्डकी प्रदेशमा ७७.८ प्रतिशत, लुम्बीनी प्रदेशमा ७५.५ प्रतिशत, कर्णाली प्रदेशमा ५८.४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६२.६७ प्रतिशत जनाको हातमा स्मार्टफोनको पहुँच रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी नेपालमा ल्याण्डलाइन टेलिफोन ४.५ प्रतिशत जनताले मात्रै प्रयोग गरेको पाइएको छ । जसमध्‍ये कोशी प्रदेशमा ३.१ प्रतिशत, मधेशमा १.६ प्रतिशत, बागमतीमा १०.१ प्रतिशत, गण्डकीमा ५.२ प्रतिशत, लुम्बिनीमा ३ प्रतिशत, कर्णालीमा १.९ प्रतिशत र सुदूरपश्चिममा २.१ प्रतिशत जनाले मात्रै ल्याण्डलाइन फोन प्रयोग गरेका छन् ।

यस्तै जनगणनामा देशभरका प्रत्‍येक परिवारमा भएका घरायसी साधन वा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्याण्डलाइन फोन, मोबाइल फोन, स्मार्ट मोबाइलफोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, सवारीसाधन (कार, जीप भ्यान, मोटरसाइकल, स्कुटर, साइकल), विद्युतीय पंखा, रेफ्रीजेरेटर, वासिङ मेशिन, एयर कन्डिशनरसहित १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो ।

जनगणनामा देशभरका प्रत्‍येक परिवारमा भएका घरायसी साधन वा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्याण्डलाइन फोन, मोबाइल फोन, स्मार्ट मोबाइलफोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, सवारीसाधन (कार, जीप भ्यान, मोटरसाइकल, स्कुटर, साइकल), विद्युतीय पंखा, रेफ्रीजेरेटर, वासिङ मेशिन, एयर कन्डिशनरसहित १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो । जसका आधारमा ३.९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको साधन र सुविधाको पहुँच छैन भने ९६.१ प्रतिशत परिवारमा कम्तिमा कुनै एक किसिमका साधन तथा सुविधा भएको उपकरणहरुको पहुँच रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने ४९.४ प्रतिशतको घरमा मात्रै टेलिभिजन सुविधा छ । यस्तै १५ प्रतिशत नेपालीहरुको पहुँचमा कम्प्युटर तथा ल्यापटप सुविधान छ भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको प्रयोग गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?