+
+

सगरमाथा क्षेत्रमा ‘सोलो ट्रेकिङ’को अनुमति दिंदै स्थानीय तह

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १४:१०
फाइल तस्वीर

१३ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । यसबाट बोर्ड र स्थानीय तह पुनः एक पटक आमनेसामने भएका छन् ।

बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको छ । यो निर्णय अप्रिलदेखि सबै पदयात्रा गन्तब्यमा अनिवार्य लागु हुने बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

तर, खुम्बु पासाङ ल्हामु गाउँपालिकले भने यसलाई अनिवार्य नरहेको बताएको छ । गाउँपालिकाले अनिवार्य नरहेको र उचाइमा हुने पदयात्रामा आफ्नो सुरक्षाका लागि गाइड साथमा लैजान भने आह्वान गरेको छ । बोर्डले समेत पर्यटकको सुरक्षा, खोजी र उद्दारमा सहज हुने भन्दै एकल रुपमा पदयात्रामा जान रोक लगाउने निर्णय गरेको हो ।

बोर्डले गरेको निर्णय अनुसार अप्रिलदेखि सबै पदयात्रीले एउटै मूल्यमा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बोकेर ट्रेकिङ गाइडको साथमा यात्रा गर्नु पर्नेछ । तर, खुम्बु क्षेत्रमा भने स्थानीय तह आफैंले प्रतिपर्यटक २ हजार रुपैयाँ मूल्यको ट्रेक कार्ड स्थानीय तहले उपलब्ध गराउने गरेको छ । यस क्षेत्रमा राष्ट्रिय निकुञ्जले समेत प्रतिपर्यटक ३ हजार रुपैयाँ शुल्क उठाउने गर्छ । खुम्बु क्षेत्रमा बोर्ड र स्थानीय तहबीच लामो समयदेखि नै विवाद रहँदै आएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?