+
+

‘हेरिटेज पेजेन्टस्-२०२३’ थाइल्याण्डमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १६:२४

काठमाडौं । आगामी नोभेम्बरमा थाइल्याण्डमा सौन्दर्य प्रतियोगिता ‘हेरिटेजज पेजेन्ट्स’को नयाँ संस्करण आयोजना हुने भएको छ । आयोजक इ–प्लानेट सिंगापुरले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करणको तयारी सुरु भएको जनाएको हो ।

विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु हुन लागेको यो प्रतियोगिताको अध्यक्षमा आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटा र फेसन कोरियोग्राफर रोजिन शाक्य छन् । आवेदन समेत खुल्ला गरिएको प्रतियोगिताको कार्यक्रम संयोजक सुसान सनफुर्मी कोह र स्थानिय कोअडिनेटर फन्तिप सृवारान्यो रहेका छन् ।

प्रतियोगितामा मिसतर्फ १८ देखि २८ र मिसेसतर्फ २० देखि ४५ वर्षसम्म उमेरका महिलाले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तो सापकोटाले बताए । हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । यसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवर्द्धन गर्ने प्रयास गर्ने जनाइएको छ ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवर्द्धन र सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यो प्रतियोगिता पहिलो पटक सन् २०१४ मा नेपालमा आयोजना गरिएको थियो । प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नयाँ दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलंका, चौथो सन् २०१९ मा सिंगापुर तथा पाँचौं संस्करण सन् २०२२ मा मलेसियामा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?