+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

किसान महासंघको तदर्थ समितिमा देउवाले गरे १७ जना मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १३:४२

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरेका छन् ।

गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका ईश्वर गिरी, कैलालीका डा. जितु उपाध्याय, सर्लाहीका भवानी कोइराला, पर्साका विश्वराज घिमिरे, महोत्तरीका डा. धिरेन्द्र साह र झापाका कालु मेचे रहेका छन् ।

त्यस्तै गोरखाका जनार्दन अर्याल, सप्तरीका विवेकानन्द झा, बाँकेका ऋचा लुईटेल, डडेल्धुराका रमेश रावल, काठमाडौंका मनोज थापा र काठमाडौंका विश्वनाथ दाहाल पनि किसान महासंघमा मनोनित भएका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?