+
+

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत १४ गते १३:५२

१४ चैत, विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

मुख्यमन्त्री कार्यालय नजिकै रहेकाे होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी प्रदेशसभा सदस्यहरुलाई दबाव दिन आएका प्रदर्शनकारीलाई प्रहरीले राेकेकाे थियाे । आन्दोलनकारीले हाेटल विगकाे कफी सपकाे सीसा पनि फुटाइदिएका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?