+
+

ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १६:५०

१४ चैत, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका १ बुखेल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।

उनीहरूकी ५ वर्षकी छोरी गम्भीर घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनी श्रीमती ३४ वर्षीय सृजना फुयाल रहेका ललितपुरका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

बुखेलबाट गोटीखेलतर्फ जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो ।

घाइते बालिकाको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?