+
+
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल :

भुटानसँग पहिलो हाफमा नेपाल १-० ले पछि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १८:५०

१४ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान विरुद्ध नेपाल पहिलो हाफमै पछि परेको छ ।

काठमाडौंको दशरथ रंगशालामा खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै  टिमलाई अग्रता दिलाएका हुन् । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेका हुन् ।

खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

प्रशिक्षक अल्बर्टो एनेसले लाओससँग खेलेको टोलीमा १ परिवर्तन गर्दै भरत खवासको ठाउँमा अञ्जनलाई स्टार्टिङ लाइन अपमै मैदान उतारेका छन् ।

यसअघि लाओससँगको खेल नेपालले २–० ले जितेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।

भुटानसँगको खेलमा बराबरी भए पनि नेपाल फाइनलमा पुग्ने छ ।

भुटानलाई भने फाइनलमा पुग्नका लागि नेपालसँगको खेल जित्नु पर्नेछ ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?