+
+

बागमती प्रदेशका १ हजार ५८५ पत्रकारको सामूहिक दुर्घटना बीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १८:४१

१४ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत १ हजार ५ सय ८५ पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत एक जना पत्रकारको ४ लाख रुपैया बराबरको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए ।

चैत ५ गतेबाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा ४ लाख रुपैया र दुर्घटना भएमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने उनले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरुको सामूहिक दुर्घटना बीमा लागू भएको हो ।

यसैगरी मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा पत्रकारका संस्थाहरुलाई समेत पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न सहयोग गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?