+
+

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सांसद प्रदीप यादवको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १६:२०

१५ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सो अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने,’म सभामुख महोदयमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु-नारायणी अस्पतालमा दरबन्दीको व्यवस्था होस् । उपकरणको व्यवस्था होस् ।’

सो अस्पतालमा बिरामीको चाप बढेकाले चिकित्सकसहितको थप जनशक्तिको पनि सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने,  ‘नारायणी अस्पताल वीरगञ्जमा बिरामीहरुको संख्या बढी छ । बारा, पर्सा, रौतहट, सर्लाही र भारतका समेत नागरिकहरु सेवा लिन नारायणी अस्पताल आउँछन । तर, जनशक्ति त्यहाँ अत्यन्तै कम छ । समग्रमा कुरा गर्ने हो भने त्यहाँ १५० जना चिकित्सकहरुसहितको जनशक्ति छ त्यहाँ। तर, राज्यको त्यहाँ ध्यान पुगेको छैन ।’

उनले नारायणी रंगशालाको जिर्णोदारको लागि बजेटको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । ‘नारायणी रंगशाला अहिले जीर्ण भइसकेको छ । स्थानीयको श्रमदानमा बनेको रंगशाला हो । त्यसमा नेपाल सरकारको लगानी छैन’ उनले भने ।

सांसद यादवले मधेश प्रदेशको नमूना रंगशालाको रुपमा रहेको सो रंगशाला खेल खेल्न नमिल्ने अवस्थामा पुग्दा पनि सरकारले ध्यान नदिएको गुनासो समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?