+
+

एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १६:५७

१५ चैत, काठमाडौं । एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।

बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी छाडेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका छन् । साथै पहिलो चरणमा एक जनाको नाम पठाउन भनेका छन् ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् । उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ ।

ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?