+
+

राति ११ बजे प्रादेशिक अस्पतालमा मुख्यमन्त्रीको छड्के

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १७:२१

१५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार राति प्रादेशिक अस्पताल जनकपुरधामको छड्के अनुगमन गरेका छन् ।

प्रादेशिक अस्पतालको सेवा प्रवाह पछिल्लो चरण खस्किएकव गुनासो आइरहेका बेला मुख्यमन्त्री यादवले मंगलबार राति ११ बजेतिर अस्पतालको अनुगमन गरेका हुन् ।

अस्पतालको ल्याबमा कार्यालय सहयोगीले रगत परीक्षण गरेको खबर सार्वजनिक भएपछि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा सुधार गर्न निरन्तर अनुगमन गरिरहेका छन् ।

मंगलबार राति अनुगमनको क्रममा मुख्यमन्त्री यादवले ड्युटीमा रहेका चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै लापरबाही सह्य नहुने भन्दै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए ।

यसअघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन गर्ने क्रममा अनुपस्थित रहेका निर्देशक डा. प्रमोदकुमार यादवलाई कारबाही गरिसकेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा अघिल्लो समय सेवा प्रवाहमा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्फ लागेका हुन् ।

‘अस्पतालमा लापरबाहीको ठाउँ छैन । चिकित्सकले लापरबाही गरे बिरामी कहाँ जान्छ ?’, मुख्यमन्त्री यादवले भने, ‘डाक्टर भगवानको रुप हो भने व्यवहारमा उतारेर देखाउनुपर्छ । काम गर्न नचाह्ने डाक्टर साबहरु अन्यत्र जान सक्नुहुन्छ । सरकारी सेवा सुविधा लिने डाक्टर साबहरुले काम पनि सरकारकै गर्नुपर्छ ।’

प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउनको लागि डाक्टरसहित अन्य कर्मचारीहरु पनि प्रतिवद्ध भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?