 
																						१६ चैत, काठमाडौं । कांग्रेस नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव गरेपछि दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा उनलाई रोक्न सक्रिय भएका छन् ।
तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि दुई महामन्त्री उनलाई रोक्ने प्रयासमा छन् ।
‘उहाँहरुले भर्खरै बैठक गर्नुभयो, स्वर्णिमजीलाई सानेपा बोलाउनुभएको थियो, तर उहाँ मान्नुभएन’ कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘सम्भवतः एकै छिनमा कुनै अर्को ठाउँमा बसेर कुरा गर्नुहुन्छ ।’
वाग्लेजत्तिको सम्भावना भएको नेतालाई गुमाउन नहुने भन्दै महामन्त्रीहरुले सम्भावित विकल्प र अरु अवसरहरुबारे समेत कुरा गर्नुपर्ने ठानेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई यसबारे अवगत गराइसकिएको कांग्रेस स्रोतले भन्यो ।
रास्वपाबाट तनहुँमा उम्मेदवार बन्ने विषयमा वाग्लेको प्रतिक्रिया आउन बाँकी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4