+
+
Shares

अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म पुर्‍याउन सहयोग गरौं : अध्यक्ष मगर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १५:४५

१६ चैत, काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायको पहुँचमा पुर्‍याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताएका छन् ।

बिहीबार ‘अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय दिलाउनका लागि स्थानीय तहहरुले भूमिका खेल्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘ स्थानीय निकाय अलि सजग भयो भने, स्थानीय निकायहरुले कुन माध्यमबाट हुन्छ, आफ्नो क्षेत्रमा अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ, उहाँलाई न्यायको पहुँचको लागि सही सुझाव दिएर न्याय दिलाउने व्यक्तिहरुले सही सल्लाह, सुझाव दिएर न्यायिक निकाय, अर्धन्यायिक निकायमा पुर्‍याउने सल्लाह, सुझाव दिनुपर्‍यो।’

उनले पीडितहरुले कानूनी सहायता खोज्दा पनि उनीहरुलाई हतोत्साही बनाउने प्रवृत्ति देखिएको भन्दै त्यस्तो प्रवृत्ति हटाउनुपर्ने बताए । उनले कानुनी प्रक्रियामा गएपछि न्याय पाइन्छ भनेर पीडितहरुलाई विश्वास दिलाउनुपर्ने र कानुनी प्रक्रियामा जान उत्साहित बनाउनुपर्ने बताए ।

उनले भने, ‘कानुनमा जान चाहन्छन्, जान खोज्छन् । उनीहरुलाई पनि हतोत्साही पारिदिने, न्याय माग्न जान धेरै खर्च लाग्छ । धेरै समय लाग्छ त्यसकारण त्यहाँ न्याय पाउन सक्दैनौं भनेर हतोत्साही गरिदिने प्रवृत्ति पनि देखिएको छ । यो प्रतिवेदनले देखाएको छ । त्यो किसिमको जुन प्रवृत्ति छ, त्यसलाई हटाउनुपर्‍यो।’

उनले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा भएका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक तथा अर्धन्यायिक निकायमा जानका लागि सल्लाह, सुझाव दिनुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायबाट विमुख गराउनु नहुने उनले बताए ।

‘उहाँहरुलाई हतोत्साही होइन, उत्साहित गर्नुपर्‍यो । तिमीले न्याय पाउँछौ। जानुपर्‍यो । चाँडै हुन्छ भन्ने गरेर उत्साही बनाउनु पर्‍यो’ उनले भने ।

उनले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म जानका लागि घरपरिवार भित्रैबाट पनि असहयोग भएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

परिवारले न्यायिक निकायसम्म पुर्‍याउन सहयोग गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष मगरले सार्वजनिक स्थानका भौतिक संरचनाहरु पनि अपाङ्गतामैत्री हुनुपर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?