
१६ चैत, काठमाडौं । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ४० वर्षीय सागर राई रहेका छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालकुमारी क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई मुलुकी अपराध संहिताको दफा २४९ बमोजिमको (२)र (१)को कसूर अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4