+
+

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १२:०२

१९ चैत, काठमाडौं । आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य एक लाख ८ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै,चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ पुगेको छ ।

शुक्रबार एक लाख ९ हजार २०० रुपैयाँमा छापावल, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७०० र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?