+
+

चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक राजु केसी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १४:१८

काठमाडौं । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले केसीलाई मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा नियुक्त गरेकी हुन् । सोमबार मन्त्रालयमा पुगेर केसीले नियुक्तपत्र बुझेका छन् ।

‘चलचित्र विकासमा आफ्नो योगदान दिने महत्वपूर्ण ठाउँमा आइपुगेको छु,’ नियुक्तिपत्र बुझेपछि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक केसीले भने । फिल्म ‘प्रेमपूजा’बाट अभिनय करिअर थालेका केसीले पहिलोपटक फिल्म ‘धर्ती’लाई निर्देशन गरेका थिए ।

गत साता निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए । बोर्ड सदस्यको कार्यकाल दुई वर्षको हुन्छ । बोर्डको अध्यक्षमा भुवन केसी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?