+
+

बालिका सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १६:३६

२१ चैत, काठमाडौं । बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार निमाले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएका थिए ।

गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर निमा र उनका साथी कुशलले सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ । सोमबार पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?