
२१ चैत, काठमाडौं । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण-२ बस्ने २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई हाल भक्तपुर चाँगुनारायण नै बस्ने२६ वर्षीय अमृत गजमेर रहेका छन् ।
जिल्ला प्रहरी सरिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९९८ ग्राम बराबरको सालकको खपटा बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4