+
+

एक वर्षमा विनोद चौधरीको सम्पत्ति करिब ४० अर्बले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १६:४१

२२ चैत, काठमाडौं । नेपालका एक मात्रै फोर्ब्स डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ४० अर्ब रुपैयाँले बढेको छ ।

फोर्ब्सले बुधबार सार्वजनिक गरेको सन् २०२३ को विश्भरका धनाढ्यहरुको सूचीमा चौधरी १ हजार ६४७ औं स्थानमा आइपुगेका छन् । गत वर्ष सन् २०२२ मा उनी १ हजार ९६५ औं स्थानमा थिए ।

गत वर्ष चौधरीको कुल सम्पत्ति एक खर्ब ९७ अर्ब थियो । एक वर्षमा उनको सम्पत्ति बढेर करिब २ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

बुधबार सार्वजनिक भएको विश्वका धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा फ्रान्सका बेनार्ड अल्नार्ड छन् । उनको कुल सम्पत्ति २२८.५ बिलियन अमेरिकी डलर छ । दोस्रो स्थानमा एलन मस्क रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?