
२४ चैत, गुल्मी । गुल्मीमा एक जना मृत फेला परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका- ७ का ६४ वर्षका छविलाल सुनार मुसिकोट नगरपालिका- ५ झक्कले भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले बताए ।
सुनार चैत २२ गते घरबाट चन्द्रकोट गाउँपालिका- ८ झुर्मकर्मदिपस्थित आफ्नी दिदीको घरमा पूजामा हिडेका थिए ।
झक्कले स्थित आँपको रुख मुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4