+
+

सोनाम र भूपेन्द्र गणेशमान सिंह राष्ट्रिय बक्सिङको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १९:४४

२४ चैत, काठमाडौं । एपीएफका सोनाम सार्की र नेपाल प्रहरीका भूपेन्द्र थापा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६३.५ केजी तौल समूहमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे ।

पुरुष ५१ केजीमा बागमतीका रविन थापाले मधेश प्रदेशका लक्ष्मण राई तथा एपीएफका आश तामाङले कोशी प्रदेशका फुङलाङ काम्वाङलाई हराउदै फाइनलमा पुगे । पुरुष ५७ केजीमा बागमतीका शुलभ मालीले प्रहरीका शम्भु राजवंशी र कोशीका सुरेन्द्र राईले सुदूरपश्चिमका रामबहादुर थापालाई पन्छाउदै फाइनल भेट पक्का गरे । पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले बागमतीका दावा छिरिङ लामा तथा कोशीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई पाखा लगाउदै फाइनलमा स्थान बनाए ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावल र बागमतीका मनोज तामाङ स्वर्णका लागि भिड्ने भएका छन् । हेमराजले एपीएफका प्रयत्न लामा तथा मनोजले कर्णालीका दर्शन घर्ती मगरलाई निराश पारे । पुरुष ९२ केजीमा एपीएफका रविन नेपालले गण्डकीका मुन्ना गुरुङ तथा बागमतीका उमङ महर्जनले सुदूरपश्चिमका ललित भट्टलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेशकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया सेट्टी, ५४ केजीमा बागमतीकी अन्जनी तेलीले लुम्बिनीकी माया केसी र एपीएफकी सन्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठ तथा ५७ केजीमा प्रहरीकी निशा तामाङले एपीएफकी शर्मिला तामाङ र बागमतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

महिला ६० केजीमा बागमतीकी हेमा राईले कर्णालीकी मनीषा खरु र एपीएफकी संगिता सुनुवारले लुम्बिनीकी सुजनकुमारी कुमाल, ६६ केजीमा एपीएफकी विनिता थापा मगरले गण्डकीकी जोशिका श्रेष्ठ र बागमतीकी निश्मा गुरुङले सुदूरपश्चिमकी सपना ऐडी तथा ७५ केजीमा कोशीकी त्रिशा जबेगुले गण्डकीकी अस्मिता बस्नेत र एपीएफकी सरस्वती राना मगरले कर्णालीकी राधा विकलाई पन्छाउँदै फाइनलमा पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?