कतिपय यस्तो बाध्यता हुन्छ, जहाँ गर्भपतन गर्नैपर्ने हुन्छ । जस्तो गर्भको बच्चा राम्ररी विकास नभएमा, कुनै खराबी देखिएमा, गर्भावस्थामा कुनै जटिलता आउने भएमा । त्यसबाहेक अनिच्छित गर्भ रहेमा पनि यस्तो विकल्प अपनाउनुपर्ने हुन्छ । असुरक्षित सम्बन्धले पनि गर्भपतनको लागि बाध्य बनाउँछ ।
बाध्यात्मक अवस्थामा गर्भपतन गर्नु त पर्यो नै । यद्यपि गर्भपतनलाई खेलाँची ठान्नु हुँदैन । गर्भपतनका लागि कानुनी मान्यता छ र यसका सेवा पनि सहजै उपलब्ध छ भनेर असुरक्षित सम्बन्ध बनाउने अनि गर्भपतन गर्ने प्रवृत्ति राम्रो होइन । यसले महिलालाई दीर्घकालका लागि रोगी बनाउन सक्छ ।
कसरी गरिन्छ गर्भपतन ?
गर्भपतन गर्नुअघि अल्ट्रासाउन्ड गराउनु निकै महत्त्वपूर्ण हुन्छ । यसले गर्भावस्था कति दिनको हुन्छ र बच्चा पाठेघरभित्र छ वा छैन भन्ने देखाउँछ ।
अल्ट्रासाउन्ड पछि कुन तरिकाले गर्भपतन गर्ने भन्ने टुंगो हुन्छ । नौ सातासम्मको गर्भ छ भने गर्भपतनको लागि चक्की प्रयोग गर्न सकिन्छ । चक्कीले रक्तस्रावसँगै गर्भपतन गराउँछ । गर्भ रहेको नौ साता बितिसकेको छ भने यो विकल्प काम लाग्दैन । शल्यक्रिया नै गराउनुपर्छ । भ्याकुम एस्पिरेशन अर्थात भ्याकुमले क्यानुला (एक विशेष प्रकारको ट्युब) को प्रयोग गरेर योनी र गर्भाशय हुँदै पाठेघरमा लगिन्छ र भ्याकुमद्वारा भ्रूण समाप्त पारिन्छ ।
शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएमा, बेहोस भएमा, गन्हाउने वा योनीमार्गबाट पिप जस्तो जान थालेमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नुपर्ने हुन्छ ।
पटक पटक गर्भपतन गर्दा हुन सक्ने जोखिम
पटक पटक गर्भपतन गर्नाले शरीरको हार्मोनमा बाधा पुर्याउने, डिप्रेसन, मनोबलमा कमी आउने, टाउको दुख्ने, मुडमा बारम्बार परिवर्तन आउने, रक्तश्राव अत्यधिक हुँदै शरीरमा रगतको कमी हुने, पाठेघरमा संक्रमण हुँदै नली बन्द भएमा भविष्यमा सन्तान नरहने जोखिम समेत हुन सक्छ । बारम्बार गर्भपात हुँदा पाठेघर पनि कमजोर हुँदै जान्छ ।
गर्भपतनपछि ध्यान दिनुपर्ने कुरा
गर्भपतन भएपछि सर्वप्रथम आराम गर्ने, भारी काम नगर्ने, पोषिलो खानेकुरा खाने, संक्रमण बढ्न सक्ने हुँदा सरसफाइमा ध्यान दिने, गर्भपतन गरिएको एक महिनासम्म शारीरिक सम्पर्क राख्नु हुँदैन, यसले पनि संक्रमण फैलाउने जोखिम बढ्छ ।
त्यस्तै, गर्भपतनको समस्या आउन नदिन गर्भनिरोधक साधन अपनाउनुपर्छ, जसले यौन प्रसारित रोग रोक्न र गर्भ रहन पनि पाउदैन ।
(भ्याली अस्पताल, पुतलीसडकमा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बस्नेतसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
 
                    










 २०७९ चैत  २६ गते १४:५५
                        २०७९ चैत  २६ गते १४:५५                     
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                                         
                             
                             
                             
                             
                                         
                         
                         
                         
                         
                             
                             
                             
                                         
                             
                                         
                             
                             
                                        
प्रतिक्रिया 4