
२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गतको १० वटा विषयगत समितिमध्ये दुई वटा समितिको नेतृत्व माग गरेको छ ।
‘हाम्रो स्ट्रेन्थ अनुसार दुई वटा समिति सभापति माग गरेका छौं’, रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अनलाइनखबरसँग भने, ‘सत्तारुढ दलहरुबीच हुने समझदारी अनुसार हामीले लिने समिति सभापतिको नेतृत्वको विषय टुंगो लाग्छ ।’
प्रतिनिधिसभा नियमावली २०७९ पारित भएसँगै राजनीतिक दलहरु संसदीय समिति गठनमा केन्द्रित भएका छन् । दलहरु आफ्ना सांसदहरुलाई कुन–कुन समितिमा पठाउने भन्ने आन्तरिक तयारीमा छन् ।
रास्वपाले पनि आफ्ना सांसदहरुलाई विषय विज्ञताका आधारमा समिति रोज्न भनेको छ । ‘एक/दुई दिनमा सांसदहरु कुन–कुन समितिमा सदस्यमा रुपमा रहने तय हुन्छ’ प्रमुख सचेतक परियारले भने ।
प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहन्छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको संयुक्त समिति दुई वटा रहन्छ ।
प्रतिक्रिया 4