+
+

जोशी समूहलाई फकाउने कांग्रेसको प्रयास असफल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १२:५६
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार बिहान धुम्बाराहीमा पुगेका गोविन्दराज जोशीका छोरा दीपक जोशी

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस र गोविन्दराज जोशी समूहबीच भएको सम्वाद विना निष्कर्ष टुंगिएको छ ।

जोशीका छोरा दीपक कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार बिहान धुम्बाराहीमा पुगेका थिए । जोशीलाई कांग्रेसमा सम्मानजनक स्थान हुनुपर्ने र तनहुँको कमिटीमा आफ्नो समूहलाई ३३ प्रतिशत उपस्थिति गराउनुपर्नेमा जोशीको माग थियो ।

‘०४६ यता छोडेर गएका सबैलाई कांग्रेसमा ल्याउनुपर्छ, बुबाको पनि तेस्रो स्थानमा हुनुहुन्थ्यो, त्योभन्दा माथि जानुपर्‍यो भन्ने छ,’ जोशीले भने, ‘उहाँहरुको इन्ट्रेष्ट चाहिँ चुनावको छेउमा टालटुल गरेर एउटा केही दिउँ भन्ने देखियो ।’

देउवाले अरु मागमा चासो देखाएनन्, जोशीलाई केन्द्रीय सदस्य बनाउने संकेत गरेका थिए । त्यसमा आफूहरु सहमत नभएको भन्दै दीपकराज जोशीले भने, ‘अब हामी आफ्नो ढंगले अगाडि बढौं, आफ्नो वक्तव्य दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?