+
+

एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १९:३१

२७ चैत, बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्धेश्य आर्थिक विकास र समृद्धि भएको बताएका छन् ।

सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा एमालेको प्रमुख उद्देश्य भएको बताए ।

उनले भने, ‘एमालेले तीनवर्षको अवधीमा आर्थिक विकास र समृद्धिका लागि नमूना योग्य काम गरेको थियो, वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको अवस्था छ ।’

अध्यक्ष ओलीले राष्ट्र बनाउने संकल्प एमालेसँग मात्रै रहेको भन्दै रोजगारीका लागि युवाहरु विदेश जाने अवस्था अन्त्य हुन आवश्यक भएको बताए ।

महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सकिने छ । महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?