+
+

स्याङ्जाको गल्याङमा उद्यमशीलता परियोजना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १६:५९

२८ चैत, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले उद्यमशीलता परियोजना लागू गरेको छ ।

महिला तथा युवालाई लक्षित गर्दै स्थानीय उत्पादनलाई दिगो र व्यावसायिक बनाउन परियोजना लागू गरिएको हो । परियोजना झण्डै २७ महिना सञ्चालन हुनेछ ।

हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालन हुने परियोजना ‘कृषि तथा पशु उद्यमशीलता विकास कार्यक्रम’ रहेको छ । परियोजनाका लागि नगरपालिकाको २ करोड २० लाख र हेफरको ९४ लाख २८ हजार ५७१ गरी ३ करोड १४ लाख २८ हजार ५७१ रुपैयाँ खर्च हुने नगरपालिकाले जनाएको छ ।

परियोजनाबाट १ हजार ३७५ महिला र ३०० युवा गरी १ हजार ६७५ घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् । ८ हजार २७५ घरधुरी रहेको गल्याङ् नगरपालिकाका झण्डै ४ हजार १३६ परिवार परियोजनाबाट अप्रत्यक्ष रुपमा लाभान्वित हुने अनुमान गरिएको छ ।

‘स्थानीय महिला तथा युवाको नेतृत्वमा संचालित व्यवसायलाई परियोजना मार्फत प्रबर्धन गर्ने लक्ष्य राखिएको छ’ गल्याङका मेयर गुरुप्रसाद भट्टराईले भने, ‘महिला र युवाको संलग्नतामा उत्पादित वस्तुको नगरपालिकाकै नेतृत्वमा बजारीकरणको व्यवस्था गरिनेछ ।’ परियोजनाको लागत रकम नगरपालिकाको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने भट्टराईले जानकारी दिए ।

व्यवसाय गर्दै आएका र नयाँ सोच राखेर व्यवसाय गर्न खोज्ने महिला तथा युवालाई परियोजनाले लक्षित वर्गमा समावेश गरेको छ । नगरपालिका क्षेत्रमा गठन हुने ५५ महिला र १२ युवा समूह मार्फत परियोजनाले प्रत्यक्ष काम गर्ने छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा बाख्रापालन र व्यावसायिक तरकारी उत्पादन हुँदै आएको छ । परियोजनाले बाख्रापालनमा नश्ल सुधारसँगै र तरकारीमा उत्पादन बढाएर उत्पादकत्वमा भूमिका निर्वाह गर्दै बजारीकरण गर्न सहयोग गर्ने भएपछि स्थानीय महिला तथा युवाहरु उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?