+
+

दराजको नयाँ वर्ष उत्सव सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते २०:२३

काठमाडौं । दराजले नयाँ वर्षको अवसरमा ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ । ‘किनौं सबै दराजमा’ भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्मममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र बिक्रेतालाई एक आपसमा जोड्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको दराजले जनाएको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको भन्दै नयाँ वर्ष अफर सार्वजनिक गरिएको बताइन् | यसका लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको उनको भनाइ छ | यस नेपाली नयाँवर्ष अभियानले ‘किनौं सबै दराजमा’ भन्ने सन्देश पनि ल्याएको कम्पनीले बताएको छ ।

कम्पनीकाअनुसार मेगा गिभ-अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा ५००० रुपैयाँसम्मको छुट र प्रि -पेमेन्टमा १००० रुपैयाँसम्म छुट  उपलब्ध रहेको छ ।

दराजका अनुसार नबिल बकैं, ग्लोबल आईएमई, एनआईसीएसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरुले प्रि -पेमेन्टमा २० प्रतिशत (रु. १००० सम्म)छुट लिन सक्नेछन् | त्यसैगरी, ग्राहकहरूले आईएमई पे मार्फत प्री पेमेन्टमा १० प्रतिशत अधिकतम रु २०० र इसेवा मार्फत १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट पाउन सक्नेछन् । यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड प्रयोग गर्नुपर्ने छ ।

पार्ट्नरहरुसँगको साझेदारी

दराज नव वर्ष उत्सव-नयाँ रहर, नयाँ अफरमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट आकर्षक अफरहरु सूचीबद्ध रहेको कम्पनीले बताएको छ । ग्राहकहरूले यस अभियानमा आफूलाई मनपर्ने ब्रान्डहरूबाट खरिद गर्दा ७० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । अभियानका लागि डायमण्ड पार्टनरहरूमा डब्ल्यूओडब्ल्यू, सनसिल्क, बेटर, टालो, सुनरा र फ्यानसाइरा समावेश छन् । त्यसै गरी, गोल्ड पार्ट्नरहरुमा गणपति ज्वेलर्स, एस्टाबेरी, एक्स एज, रोहटो, प्लम, ब्रीलाइरा, मामाअर्थ र बेसमार्क रहेका छन् ।

दराज नववर्ष उत्सवका अन्य अफरहरुमा सेयर एन्ड वीन, भाउचर छुट, एडटू कार्ट र क्याटेगोरी अनुसार छुटहरू समावेश छन् । यो फर २० अप्रिलसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?