+
+

बोर्डले प्रत्येक महिना फिल्मको कमाइ सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १६:५१
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी । फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डले नयाँवर्षदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने भएको छ । चलचित्र कलाकार संघले बुधबार काठमाडौंमा गरेको नयाँ वर्षको शुभकामनासहित धन्यवाद तथा बधाई ज्ञापन कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले यस्तो जानकारी गराएका हुन् ।

अनलाइनखबरसँगको बेग्लै कुराकानीमा पनि अध्यक्ष केसीले वैशाखदेखि मासिक रुपमा नियमित फिल्मको कमाइ सार्वजनिक गर्ने बताएका थिए । झण्डै ६० वर्ष लामो नेपाली फिल्मको इतिहासमा बोर्डले पहिलोपटक २०७९ सालमा प्रदर्शन भएका स्वदेशी र विदेशी गरी १३२ फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको थियो ।

उक्त आम्दानी सार्वजनिक गर्नुअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छलफल बोलाइएको थियो । उक्त छलफलमा नियमित रुपमै फिल्मको कमाइ सार्वजनिक गर्ने निर्णय भएको र सोहीअनुसार कमाइ सार्वजनिक गर्न सुरु भएको केसीले बताए । ‘मन्त्रालयबाटै निर्देशन भएपछि हामीले बक्स अफिस रिपोर्टलाई बाहिर ल्याएका हौं । अब मासिक रुपमा नियमित हुनेछ,’ उनले भने ।

कलाकार संघको कार्यक्रममा पनि अध्यक्ष केसीले भनेका छन्, ‘हामी चलचित्र उद्योग भएन भन्छौं तर चलचित्रको तर्फबाट राज्यलाई दिनुपर्ने योगदान तिर्न बहाना बनाउँछौं । बक्स अफिस नियमित पनि गर्छौ र योगदान पनि गर्न लगाउँछौं ।’ बोर्डले बक्स अफिस विवरण सार्वजनिक गरेपछि निर्मातावृत्तबाट असन्तुष्टि पनि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?