२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा वस्तुगत र जिल्ला नगरमा शतप्रतिशत मतदान भएको छ ।
निर्वाचन प्रमुख लिलामणि पौडेलकाअनुसार अहिले एसोसिएटतर्फको मतदान मात्रै बाँकी छ । जिल्ला नगरको ११७, वस्तुगततर्फ १२३ र एसोसिएटतर्फ ११३२ र द्विराष्ट्रियतर्फ ५ मत खसेको पौडेलले बताए । महासंघको निर्वाचनमा कुल १ हजार ९५३ जना मतदाता छन् ।
निर्वाचनमा जिल्ला नगरको मतभार ५० प्रतिशत, वस्तुगतर्फ २० प्रतिशत र एसोसिएटतर्फ ३० प्रतिशत मतभार छ । ७० प्रतिशत मतभारको मतदान भइसकेको र बाँकी ३० प्रतिशतको पनि १ हजार ७४७ मतदाता मध्ये १ हजार ३३२ जनाले मतदान गरेको पौडेलले जानकारी दिए । साँझ ६ बजेसम्म मतदान गर्न पाइन्छ । त्सपछि मतगणनाको कार्य सुरु हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4