
२९ चैत, जनकपुरधाम । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटर आगलागी हुँदा डायालासिस गराइरहेका एक बिरामीको मृत्यु भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुधबार दिउँसो डायलासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा डायलासिस गराइरहेकाहरुबीच भागदौड मच्चिएको थियो ।
त्यस क्रममा डायालासिस गराइरहेका दासको रगत चढाइरहेको पाइप चुडिएपछि अत्यधिक रक्तश्राव भएको प्रत्यक्षदर्शी बिरामीहरुले बताएका छन् ।
अस्पतालका सूचना अधिकारी अशोक सिंह्यले भने दास पहिलेदेखि सिकिस्त रहेको र उनको उपचारको क्रममा मृत्यु भएको बताए ।
आगलागीका बेला डायलासिस, एचडियू, प्रसुति वार्ड लगायतमा भर्ना भएका बिरामीहरुबीच भागदौड मच्चिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4