
३ वैशाख, दाङ । दाङमा ब्रेक फेल भएर अनियन्त्रित बनेको बसबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।
घोराही-लमही सडकखण्डमा शनिबार दिउँसो १ बजे ना ४ ख ६९५० नम्बरको बस मुसोटको घुम्ती नजिकै ब्रेक फेल अनियन्त्रित भएको थियो । सो क्रममा बसबाट हाम फाल्दा घाइते भएकी बंगलाचुली गाउँपालिका- ६ लापे ३० वर्षीया यमि घर्ती मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार मृतकको ५ वर्षीय छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका- २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका- ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् । घाइतेहरु लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4