+

सातु खानुका फाइदा के छन् ?

२०८० वैशाख  ३ गते १३:०१ २०८० वैशाख ३ गते १३:०१
सातु खानुका फाइदा के छन् ?

सातु धेरैको लागि नौलो खानेकुरा होइन । यसले शरीरलाई स्फूर्त त राख्छ नै, धेरैबेरसम्म भोक मेटाउने काम पनि गर्छ । त्यसैले पहिले कुनै लामो यात्रा वा खेतबारीमा काम गर्दा सातु लिएर जाने गरिन्थ्यो ।

जौ र मकैबाट बनाइने सातुमा उच्च कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम, सोडियम र प्रोटिन पाइन्छ । क्यालोरीको मात्रा कम रहनु यसको अर्को विशेषता हो ।

जौ र मकैबाहे चना, गहुँको पनि सातु नेपालमा खाने चलन छ । त्यस्तै, चामल, भटमास, जौ, मकै, चना, गहु  भुटेर मिसाएर पनि सातु बनाइन्छ ।  यी सबै अन्न मिश्रित सातु बजारमा सर्वोत्तम सातुको रुपमा परिचित छ । सर्वोत्तम सातुमा धेरै अन्नको गुण पाइन्छ, जसले धेरै किसिमको पोषक तत्व शरीरले प्राप्त गर्न सक्छ ।

सातु खानुका फाइदा

-यसमा पाइने फाइबरले शरीरको ठूलो आन्द्रा र सानो आन्द्रामा रहेका अनावश्यक तत्वलाई मलद्वारमार्फत निकाल्न मद्दत गर्छ ।

-उच्च पोषण तत्व पाइने सातु शरीरमा लामो समयसम्म बसिरहन्छ, जुन ग्लुकोजको रुपमा परिणत हुन्छ । सातु पच्न केही समय लाग्ने हुँदा खाएपछि छिटो भोक लाग्दैन ।

-शरीरमा अत्यधिक तागत दिने हुँदा सबै किसिममा रोगका लागि फाइदाजनक मानिन्छ ।

-यसले गर्मीमा शीतलता प्रदान गर्छ ।

-रक्त कोषिकाहरुलाई सन्तुलित र सक्रिय राख्छ, जसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

-शरीरको मेटाबोलिजम प्रक्रियालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्छ ।

-सातुको नियमित सेवनले मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मुटुसम्बन्धी रोग तथा कलेजोमा हुने समस्याबाट पनि बच्न मद्दत गर्छ ।

सातु खाने तरिका

सातुलाई धेरै किसिमले खाने गरिन्छ । जसरी खाए पनि यसबाट पाउने पोषण तत्व भने शरीरले पाउन सक्छ । फुक्का धुलो सातु चिनीसँग मिसाएर पनि खान सकिन्छ ।

त्यस्तै, गर्मीयाममा विशेषगरी पानीमा चनाको सातु मिसाएर केही कागतीको रस हालेर खाने गरिन्छ  । अर्को तरिका भनेको सातुमा दूध वा दहीसँग केरा हालेर मिसाएर खान सकिन्छ । कसैले नुनिलो तरकारीसँग वा सातुमा नुन वा बीरेनुन र कागती मिसाएर पनि खाने गरेका छन् ।

अन्न आफैंमा गह्रुंगो हुने भएकाले रातको समयमा खानु राम्रो हुँदैन । त्यसैले पच्न सजिलो हुने र दिनभर शरीरमा ऊर्जा पनि प्राप्त हुने भएकाले बिहान र दिउँसो खान सकिन्छ । दैनिक ठूलो चम्चाको तीन चम्चा सातु खानु उपयुक्त हुन्छ । त्यस्तै, बालबालिकाको लागि दुई चम्चा जति पानी वा दूधमा मिसाएर बिहान खुवाउन सकिन्छ ।

(पोषणविद् कोइरालासँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

खानेकुरा सातु
लेखक
उमा कोइराला, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?