+

सातु खानुका फाइदा के छन् ?

२०८० वैशाख  ३ गते १३:०१ २०८० वैशाख ३ गते १३:०१
सातु खानुका फाइदा के छन् ?

सातु धेरैको लागि नौलो खानेकुरा होइन । यसले शरीरलाई स्फूर्त त राख्छ नै, धेरैबेरसम्म भोक मेटाउने काम पनि गर्छ । त्यसैले पहिले कुनै लामो यात्रा वा खेतबारीमा काम गर्दा सातु लिएर जाने गरिन्थ्यो ।

जौ र मकैबाट बनाइने सातुमा उच्च कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम, सोडियम र प्रोटिन पाइन्छ । क्यालोरीको मात्रा कम रहनु यसको अर्को विशेषता हो ।

जौ र मकैबाहे चना, गहुँको पनि सातु नेपालमा खाने चलन छ । त्यस्तै, चामल, भटमास, जौ, मकै, चना, गहु  भुटेर मिसाएर पनि सातु बनाइन्छ ।  यी सबै अन्न मिश्रित सातु बजारमा सर्वोत्तम सातुको रुपमा परिचित छ । सर्वोत्तम सातुमा धेरै अन्नको गुण पाइन्छ, जसले धेरै किसिमको पोषक तत्व शरीरले प्राप्त गर्न सक्छ ।

सातु खानुका फाइदा

-यसमा पाइने फाइबरले शरीरको ठूलो आन्द्रा र सानो आन्द्रामा रहेका अनावश्यक तत्वलाई मलद्वारमार्फत निकाल्न मद्दत गर्छ ।

-उच्च पोषण तत्व पाइने सातु शरीरमा लामो समयसम्म बसिरहन्छ, जुन ग्लुकोजको रुपमा परिणत हुन्छ । सातु पच्न केही समय लाग्ने हुँदा खाएपछि छिटो भोक लाग्दैन ।

-शरीरमा अत्यधिक तागत दिने हुँदा सबै किसिममा रोगका लागि फाइदाजनक मानिन्छ ।

-यसले गर्मीमा शीतलता प्रदान गर्छ ।

-रक्त कोषिकाहरुलाई सन्तुलित र सक्रिय राख्छ, जसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

-शरीरको मेटाबोलिजम प्रक्रियालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्छ ।

-सातुको नियमित सेवनले मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मुटुसम्बन्धी रोग तथा कलेजोमा हुने समस्याबाट पनि बच्न मद्दत गर्छ ।

सातु खाने तरिका

सातुलाई धेरै किसिमले खाने गरिन्छ । जसरी खाए पनि यसबाट पाउने पोषण तत्व भने शरीरले पाउन सक्छ । फुक्का धुलो सातु चिनीसँग मिसाएर पनि खान सकिन्छ ।

त्यस्तै, गर्मीयाममा विशेषगरी पानीमा चनाको सातु मिसाएर केही कागतीको रस हालेर खाने गरिन्छ  । अर्को तरिका भनेको सातुमा दूध वा दहीसँग केरा हालेर मिसाएर खान सकिन्छ । कसैले नुनिलो तरकारीसँग वा सातुमा नुन वा बीरेनुन र कागती मिसाएर पनि खाने गरेका छन् ।

अन्न आफैंमा गह्रुंगो हुने भएकाले रातको समयमा खानु राम्रो हुँदैन । त्यसैले पच्न सजिलो हुने र दिनभर शरीरमा ऊर्जा पनि प्राप्त हुने भएकाले बिहान र दिउँसो खान सकिन्छ । दैनिक ठूलो चम्चाको तीन चम्चा सातु खानु उपयुक्त हुन्छ । त्यस्तै, बालबालिकाको लागि दुई चम्चा जति पानी वा दूधमा मिसाएर बिहान खुवाउन सकिन्छ ।

(पोषणविद् कोइरालासँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

खानेकुरा सातु
लेखक
उमा कोइराला, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

पटक–पटक जाँघ चिलाउँछ, किन ?

पटक–पटक जाँघ चिलाउँछ, किन ?