+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नयाँ वर्षमा अर्बन क्लोथिङ ब्रान्ड ऐक्यम्को अफर : ४० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १३:२४

काठमाडौं । नेपालको अर्बन क्लोथिङ ब्रान्ड ऐक्यम्‍ले नयाँ वर्ष २०८० मा ४० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । नेपालको बोल्ड र अर्बन कपडाको ब्राण्ड ऐक्यम्‍ले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सबै स्ट्रिटवेर, फेसनवेयरमा ४० प्रतिशतसम्मको छुट दिने भएको छ।

ब्रान्डले फेसन उत्साहीहरू बीच लोकप्रियता हासिल गर्नुका साथै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । आफ्नो अद्वितीय डिजाइन र उच्च गुणस्तरको सामग्रीहरुको प्रयोग गरी उत्पादन गरिएको हुडी, जग्गर्स हाल बजरमा उपलब्ध हुनुका साथै समर क्लोदिङको कलेक्सन पनि छिट्टै आउन लागेको कम्पनीले जनाएको छ।

आफ्नो पछिल्लो संग्रह प्रदर्शन गर्न, ऐक्यम् ले चैत ३० गते पोखराको लेकसाइडमा आयोजना हुने पोखरा स्ट्रीट फेस्टमा स्टल राख्ने भएको छ । स्ट्रीट फेस्ट नेपालमा एक लोकप्रिय कार्यक्रम हो, जसले देशभरबाट आगन्तुकहरूलाई आकर्षित गर्दछ। आगन्तुकहरूले ऐक्यम् द्वारा विशेष रूपमा प्रदान गरिएका छुटहरू प्राप्त गर्न सक्छन्।

यसबाहेक, ऐक्यम् ले फेसन प्रेमीहरूका लागि ब्रान्डको पछिल्लो संग्रह लाई नजिकबाट र भौतिक रूपमा हेर्नको लागि २०८० बैशाख १ गते पोखराको लेकसाइडमा उद्घाटन कार्यक्रम आयोजना गर्नेछ।

ऐक्यम्का क्रियेटिभ मेनेजर पराक्रम राणाले नयाँ र उत्कृष्ट स्ट्रीटवेयर फेसन नेपालमा ल्याउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?