+
+

बाँदर चीन निकासी गरियोस्, कि मार्ने अनुमति दिइयोस् : सांसद खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १४:११

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कि बाँदर निकासी गर्न कि मार्ने अनुमति दिन आग्रह गरेका छन् ।

‘देशमा बाँदर आतंक छ’ खतिवडाले भनेका छन्, ‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ । हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभमुखमार्फत अनुरोध गर्न चाहन्छु । कि मार्ने अनुमति दिइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?