+
+

ओलीको स्वास्थ्यमा समस्या, चुनावी कार्यक्रमहरुमा सहभागी नहुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:१४

३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यमा समस्या आएका कारण तनहुँ, चितवन र बारामा उपनिर्वाचनका उम्मेदवारको चुनावी कार्यक्रममा सहभागी हुन नसकेको बताएका छन् ।

भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको र एन्टिबायोटिक खाएर घरमै आराम गरिरहेको उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन’ ओलीले लेखेका छन् । उनले ती क्षेत्रमा आफ्ना उम्मेदवारका लागि मत माग्दै स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा भेट्न आउने मतदाताहरुलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?