+
+

विराटनगर पूर्ण खोप सुनिश्चितता भएको पालिका

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:२२

३ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा  गरिएको हो ।

घोषणासँगै विराटनगर महानगरपालिका कोशी प्रदेशमा पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका बनेको छ ।

विराटनगर महानगरपालिकामा रहेका १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । खोप लगाउन छुटेका बालबालिकालाई घरघरमै पुगेर खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको पालिकाले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका  खोप सुनिश्चितता पालिका घोषणापछि एक कदम अगाडि बढेको बताए । प्रदेशको राजधानी पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको उनले बताए ।

विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैं सहयोग गर्ने बताउँदै उनले डिजिट प्रविधिको प्रयोग गरेर नयाँ जन्मिने बालबालिकाहरुको अभिलेख राख्नुपर्ने बताए ।

मेयर नागेश कोइरालाले सबैको सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए ।

जन्मिएको १५ महिनाभित्र बालबालिकालाई  ७ पटकसम्म १३ प्रकारको खोप लगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?