+
+

दुर्घटना न्यूनीकरण गर्न धनगढीको ६ लेन सडकमा ट्राफिक संकेत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १२:५२

४ वैशाख, धनगढी। धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ ।

६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ-ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीसहित ट्राफिक प्रहरीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी, राजपुरखण्डमा सांकेतिक चिह्न अंकित बोर्ड लगाइरहेका छन् ।

प्रमुख ट्राफिक प्रहरी निरीक्षक जोहोरीले ६ लेन सडकमा जथाभावी रुपमा लेन प्रयोग गरिन थालेपछि दुर्घटनाको जोखिम बढेको र त्यसलाई न्यूनीकरण गर्दै लेन प्रयोगमा एकरुपता ल्याउन सडक क्षेत्रमा सांकेतिक चिन्ह्रहरु राख्न लागिएको जानकारी दिए ।

सांकेतिक चिह्नले मानिसमा सही लेन प्रयोगको ज्ञानसँगै दुर्घटनाको जोखिम पनि कम गर्ने जोहोरीको विश्वास छ ।

प्रहरीले सडक क्षेत्रमा राखिरहेका सांकेतिक चिह्नसहितका बोर्ड भने धनगढी उपमहानगरपालिकाले तयार गरेर हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?