+
+

हेलम्बुको आमा याङरी साङ्दो पालरी गुम्बामा पर्यटकको भीड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १३:४७

६ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङरी साङ्दो पालरी गुम्बा सञ्चालन भएसँगै पर्यटकको भीड लागेको छ।

हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुपा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि अहिले पुनः निर्माण गरिएको हो ।

गुम्बा भत्किँदा नियमित पूजापाठ लगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको गुम्बा निर्माणकर्ता पेमा लामाले बताए ।

उनले करिब ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य शुरु गरी अहिले सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी पेमा लामाको व्य गत प्रयासमा गुम्बा निर्माण भएको हो ।

करिव ५ करोड लगानीमा निर्मित गुम्बा मंगलबारदेखि औपचारिकरुपमा उद्घाटन गरी दर्शनका लागि खुला गरिएको लामाले बताए ।

हिमाली महायानी परम्पराका बौद्धमार्गीहरुका लागि हेलम्बु एक विशेष धार्मिक क्षेत्रका रुपमा परिचित छ । यहाँ गुरु रिन्पोचे लामो समय ध्यान साधना गरेर बसेको धार्मिक विश्वास रहँदै आएको छ ।

ह्योल्मो जातीको उद्गमस्थल रहेको हेलम्बुस्थित आमा याङरीलाई यहाँको रक्षक देवीका रुपमा मानिन्छ ।

स्थानीयहरुले गुम्बा परिसरमा बाटो र पानीको समस्या रहेकाले सरकारले पानी र बाटोको व्यवस्था गरे पर्यटकलाई सहज हुने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?