+
+

कोरोना संक्रमित कुन अवस्थामा अस्पताल जाने ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १७:२७

६ चैत, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै बढ्दै गएको छ । चिकित्सकका अनुसार धेरै बिरामी जटिलता देखिइसकेपछि मात्र अस्पताल पुगेका हुन्छन् ।

जसका कारण बिरामीलाई आईसीयू वा भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आउने चिकित्सकहरु बताउँछन् । समयमा अस्पताल नपुगे कतिपय संक्रमित भने जटिलता देखिएर मृत्यु पनि हुन सक्छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार हाल अस्पतालमा भर्ना भएका अधिंकाश व्यक्ति दीर्घरोगी तथा ज्येष्ठ नागरिक छन् ।

यस्ता केही व्यक्तिले भने कोरोना खोप समेत लगाएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा २९ जना कोरोना संक्रमितको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । जसमध्ये ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् ।

हाल देशभर कुल सक्रिय संक्रमितको संख्या भने ३८६ छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै संक्रमित व्यक्तिमा सास फेर्न धेरै गाह्रो भएमा वा शरीरमा अक्सिजनको तह ९४ प्रतिशत भन्दा कम भएमा तुरुन्तै अस्पताल जान आग्रह गरेको छ ।

त्यसैगरी, लगातार छाती दुख्ने वा छाती भारी भएको महसुस भएमा, अल्मलिने, बोली अस्पष्ट हुने वा बोल्नलाई गाह्रो हुँदा, तीन दिनसम्म ज्वरो १०१ डिग्रीभन्दा नघटेमा वा आफ्नो हेरचाह गर्न नै नसक्ने अवस्थामा अस्पताल जान मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, कोरोना खोपले बिरामी हुने जोखिम कम गर्ने, कोरोना संक्रमित हुँदा पनि गम्भीर जोखिम हुनबाट बचाउने र परिवार, साथीहरु र समुदायलाई सुरक्षित राख्ने हुँदा सबैले बुस्टर डोज लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?