+
+

इन्जिनियरको लाइसेन्स परीक्षा यस वर्ष तीन पटक हुने, तयार हुँदै क्यालेन्डर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते ८:५८

७ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको हो ।

परिषदका उपाध्यक्ष डा. विकास अधिकारीले यस वर्ष असार, मंसिर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘एउटा परीक्षामा फेल भएकालाई फेरि अर्को परीक्षामा सहभागी हुन लामो समय कुर्न नपरोस् भनेर २०८० सालमा तीनपटक परीक्षा लिने तयारी गरिरहेका छौं । हामी छिट्टै वार्षिक क्यालेन्डर नै सार्वजनिक गर्छौं ।’ आवश्यक परे लाइसेन्स परीक्षा वर्षमा चार पटक पनि लिन सकिने गरी तयारी भइरहेको उनको भनाइ छ ।

डा. अधिकारीका अनुसार वार्षिक क्यालेन्डरमा कुन विधाको इन्जिनियरको लाइसेन्स परीक्षा फर्म कहिले खुल्ने र कहिले परीक्षा हुने भनेर स्पष्ट उल्लेख हुने छ । उल्लिखित त्यही मितिमै परीक्षा सन्चालन गर्ने गरी क्यालेन्डर कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि परिषदमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।

२०७८ चैत दोस्रो साता परिषदले पहिलो पटक इन्जिनियरको लाइसेन्स परीक्षा सन्चालन गरेको थियो । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरे पनि १ हजार ९८१ जना मात्र परीक्षामा सहभागी भएका थिए । तीमध्ये ५६५ जनामात्र पास भएका थिए भने ११ जनाको परीक्षा रद्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?