+
+

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबारसम्बन्धी समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १४:१२

काठमाडौं । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालय बीच वित्तीय कारोबार र विभिन्न तालिम सञ्चालनसम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरे ।

समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ र विश्वविद्यालयले मानवसंशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख छ ।

यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको बैंकका सीईओ ढुंगानाले बताए । ’पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुवैको हितमा रहेको छ’ ढुंगानाले भने ।

सम्झौता कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइराला, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सञ्जेशप्रसाद कोइरालाका साथै नबिल बैंकका नायब कार्यकारी प्रमुख भुपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कविन्द्रप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?