+

एसीसी प्रिमियर कपमा मलेसियाको पहिलो जित

२०८० वैशाख  ७ गते १४:४९ २०८० वैशाख ७ गते १४:४९
एसीसी प्रिमियर कपमा मलेसियाको पहिलो जित

७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित हात पारेको छ ।

पहिलो खेलमा नेपालसँग पराजित भएको मलेसियाले समुह ए अन्तर्गत आज भएको खेलमा साउदी अरेबियामाथि ८ विकेटको फराकिलो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको साउदी ४६.२ ओभरमा १५३ रनमा अलआउट भएको हो ।

साउदीका लागि हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४० रन बनाए । साउदीका लागि अब्दुल वाहिदले ३६ रन बनाए ।

कप्तान हिसम शेखले २१ रन बनाए भने अतिफ उर रहमान १८ रनमा अविजित रहे । त्यसबाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाका लागि खिजर हायतले सर्वाधिक ३ विकेट लिए । अन्वर रहमान, मोहम्मद वाफिक र रिज्वान हैदरले समान २–२ विकेट लिए । विरनदिप सिंहले १ विकेट लिए ।

साउदीले दिएको मध्यम लक्ष्य पछ्याएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

मलेसियाको लागि ओपनर ब्याटर मोहम्मद अमिरले ४४ बलमा १२ चौकासहित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अर्का ओपनर विरनदिप सिंहले ५३ बलमा ८ चौका सहित ५१ रनको अर्धशतकीय पारी खेले ।

सायद अजिज ३४ र मोहम्मद साहादत ४ रनमा अविजित रहे । साउदीका लागि दुवै विकेट जैन उल अविजदिनले लिए ।

एसीसी प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय