+
+

दोस्रो सन्तानलाई जन्म दिंदै गरिमा पन्त

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १४:५८

काठमाडौं । २०७४ सालमा रिलिज भएको ‘स्काउट’पछि अभिनेत्री गरिमा पन्त फिल्मबाट टाढिइन् । अहिलेसम्म उनको कमब्याक तय भइसकेको छैन । विवाहपछि उनी घरजम बसाउन व्यस्त छिन् । परिवारसँग बेल्जियममा रहँदै आएकी गरिमा ६० र ७० को दशककी चर्चित अभिनेत्री हुन् ।

बिहेपछि एकाएक अभिनयबाट टाढिएकी गरिमा अहिले पनि सामाजिक सञ्जालमा उत्तिकै व्यस्त छन् । प्रशंसकसँग उनको अन्तरक्रिया चलिरहन्छ । इन्स्टाग्राममार्फत उनले अपडेट पनि दिइरहेकी हुन्छिन् । यही मेसोमा गरिमालाई लिएर नयाँ खबर छ । ‘तीन घुम्ती’ फेम्ड एक्ट्रेस दोस्रो सन्तानलाई स्वागत गर्ने तयारीमा छिन् ।

बिहीबार इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी छन् । छोरीसँगको तस्वीरमा उनको बेबी बम्प देख्न सकिन्छ । जसको संकेत हुन्छ उनी नयाँ सन्तानलाई स्वागत गर्ने तयारीमा छिन् । ‘तिमीले मेरो जीवनलाई उज्यालो बनायौ’ उनले तस्वीरको क्याप्सनमा लेखेकी छन् ।

उनको यो तस्वीरमा उनकै समकालीन अभिनेत्री सञ्चिता लुइँटेल लगायतले हार्ट इमोजी पोस्ट गर्दै माया दर्शाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?