+
+

बाइक हाँकेर मुक्तिनाथ पुगे अजित कुमार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १६:२५
प्रशंसकसँग अजित कुमार

काठमाडौं । चर्चित तमिल अभिनेता अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेका छन् । फिल्मको लोकेसन र छायांकनका लागि मोटरसाइकलमै नेपाल आएका उनी मुस्ताङ पुगेका हुन् । मुस्ताङमा प्रशंसकसँग उनले खिचाएका तस्वीर यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन् ।

जोमसोमको होटल म्याजेस्टीमा बसेका अजित कुमार मुक्तिनाथ दर्शनका लागि पुगेका थिए । त्यहाँ उनले स्थानीय बासिन्दा, प्रहरी र सञ्चारकर्मीसँग तस्वीर खिचाएका छन् । अजित कुमारको फ्यान क्लबमा उनको नेपाल घुमघामका तस्वीरहरु सेयर भइरहेका छन् । जहाँ उनी बाइक चलाएरै पुगेको देख्न सकिन्छ ।

पूर्वी नेपालको झापा, जनकपुर र सिन्धुली हुँदै काठमाडौं आइपुगेका उनी पोखरा बस्न पुगेका थिए । त्यहाँबाट सडक मार्गबाट बेनी हुँदै उनी जोमसोम पुगेका हुन् । काठमाडौंमा केही दिन फिल्मको छायांकन भएको जनाइएको छ । साथै, बाइकका सौखिन उनी यसअघि पनि थाइल्याण्ड लगायतका मुलुकमा बाइक चढेरै पुग्ने गरेका छन् ।

इण्डिया टाइम्सको एक विवरणअनुसार ‘राइड फर म्युचुअल रेस्पोक्ट’ अभियानअन्तर्गत अजित नेपाल आइपुगेका हुन् । उनले बाइकमार्फत नेपाल घुम्ने घोषणा पहिल्यै गरिसकेका थिए । नेपालमा जहाँ पुगेका छन्, त्यहाँ उनले स्थानीयसँग अन्तरक्रिया गरेको देखिएको छ । कामको कुरा गर्दा लाइका प्रोडक्सनले निर्माण गरेको फिल्म ‘एके ६२’ प्रदर्शन तयारीमा छ, जहाँ उनको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?