
८ वैशाख, काठमाडौं । प्रहरीले सिमकार्ड डुब्लिकेशनमार्फत अनलाइन ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल भक्तपुरको सूर्यविनायक-८ बस्ने २३ वर्षीय अनिल थापा रहेका छन् ।
उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्यविनायकबाट पक्राउ गरेकोऊ हो ।
पक्राउ परेका उनीमाथि ठ्गीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
उनले सामाजिक सञ्जालमा आवद्ध रहेका विभिन्न बैंकहरुको अनलाइन भाइबर ग्रुपहरुको अकाउन्ट दुरूपयोग गरी पीडितहरुको बैंक तथा मोबाइल बैंकिङमा पहुँच पुर्याइ कार्डलेस एटिमबाट रकम निकालेर ठगी गरेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4