+
+

मेयर कप खुला भलिबलमा आर्मी र न्यूडायमण्ड विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते २०:०३

९ वैशाख, ललितपुर । मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा आर्मी र न्युडायमण्डले विजयी सुरुआत गरेका छन् ।

ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शनिबार सुरु प्रतियोगितामा आर्मीेले सुर्यबिनायक युथ क्लब र न्युडायमण्डले परोपकार गल्स होस्टेललाई पराजित गरेको हो ।

आर्मीले सूर्यबिनायकमाथि २५–११, २५–७ र २५–१५ को सेटमा जित निकाल्यो । न्युडायमण्डले समेत परोपकारलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा हरायो ।

महिलातर्फ शनिबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले कोटेश्वर बहुमुखी क्याम्पसलाई २५–१, २५–५ र २५–४ को सोझो सेटमा हरायो भने पुरुषतर्फको दोस्रो खेलमा एपीएफले नेपाल गणतान्त्रिक खेलकुदलाई २५–१, २५–१३ र २५–१८ को सेटमा पाखा लगायो ।

ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको प्रतियोगितामा ८ पुरुष र ७ महिला गरि १५ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले गरेका थिए । प्रतियोगिता बैशाख १६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?