+
+

लक्ष्मी बैंक र नेपाल प्रहरी कल्याण कोषबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १६:५३

काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोष बीच सम्झौता भएको छ । २५ लाख रुपैयाँको ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । साथै बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।

सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फबाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरे ।

सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर/सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?