+
+
विचार :

उपचुनावमा बजेको घण्टी र झङ्‌कृत सन्देश

पुराना दलहरूलाई उपनिर्वाचनको नतिजाले गतिलो सन्देश छाडेको छ । सदस्यता वितरण होइन, विज्ञता आकर्षण चाहिं अबको राजनीतिक आचरण र अभ्यास बन्नुपर्छ ।

डा. अतीन्द्र दाहाल डा. अतीन्द्र दाहाल
२०८० वैशाख १२ गते १३:४३

प्रतिनिधि सभाका लागि तीन वटा क्षेत्रमा उपनिर्वाचन सम्पन्न भयो । छिटपुट घटनाबाहेक तुलनात्मक हिसाबले निर्वाचन शान्तिपूर्ण बन्यो । चुनावको परिणामपछि भने निकै फरक परिदृश्यहरू सतहमा आउँदैछन् । यसलाई लिएर विभिन्न धारणा पनि बनाइँदैछ ।

निर्वाचन एउटा विशुद्घ प्राविधिक पक्ष हो । एकभन्दा धेरै व्यक्ति प्रतिस्पर्धामा रहन्छन् । कसैले जित्ने र अरू धेरैले हारलाई व्यहोर्नुपर्ने अवस्था स्वाभाविक हुन्छ । यद्यपि यी आम स्वाभाविक कोर्षबाट बाहिर जाँदै यस उपनिर्वाचनमार्फत नागरिकले सघन विद्रोहभाव पनि दर्शाएका छन् ।

आपूmलाई देशको सबैभन्दा ठूलो र आम जनताले रुचाएको पार्टी भनेर हुङ्कार गर्ने सबै दलको लज्जास्पद पराजय निकै सन्देशपूर्ण छ । नयाँ पार्टीले रोमाञ्चक जित निकालेका छन् । दर्जनौँ दलहरू मिलेर बनेको गठबन्धन पानी पिउन नसक्ने अवस्थामा पुगे ।

चित्त बुझाउनलाई त यो निर्वाचन परिणामले सरकार फेरिंदैन, यो आम निर्वाचन पनि होइन भन्न सकिएला, तर अहिले राजनीतिमा चलिरहेको हावाहुरीलाई नजरअन्दाज गर्न सकिन्न । यही अवस्था राजनीतिमा रहे २०८४ सालको आम निर्वाचनमा अधिकांश पुराना दलहरूले सुरुमै हात उठाउने अवस्था नआउला भन्न सकिन्न ।

हिजोसम्म जेल बसेको, यातना भोगेको, आन्दोलनको नेतृत्व गरेको, विद्रोह उठाएको कुरा नेताको वञ्छनीय योग्यता मानिन्थ्यो । हामीले क्रान्ति गर्‍यो, राणाशासन ढलायौँ, प्रजातन्त्र ल्यायौँ, गणतन्त्र स्थापित गर्‍यौं भन्ने दलहरूको दाबा हुन्छ । यी आन्दोलनमध्ये धेरै अथवा कुनै पनि आन्दोलनलाई नदेखेको, नभोगेको र नजानेको पुस्ताको मतदाता संख्या अधिक भइसक्यो ।

अब नागरिकमाझ अहिले को कति लोकप्रिय छ, आफ्नो पेशा र क्षेत्रमा कति काबिल छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । आपूm संलग्न क्षेत्रमा सक्षम मानिएको र अब्बल ठहरिएको निपूर्ण मानिस राजनीतिमा आऊन् भन्ने आशा बढेको छ । उनीहरूले कम्तिमा राज्यको ढुकुटीलाई आफ्नो जीवन निर्वाहको लागि दुरूपयोग गर्नुपर्दैन भन्ने मान्यता विकास भएको छ । उनीहरू जुन क्षेत्रमा दक्ष र विज्ञ छन्, उक्त क्षेत्रमा सघन प्रगति र पुर्ननिर्माण गर्नसक्छन् भन्ने विश्वास बढेको छ ।

हामीकहाँ जुलुस लगाएकै र ढुङ्गा हानेकै कुरालाई राजनीतिक सक्रियताको मानक मान्ने भुल्भुलैया बस्यो । अनि राजनीतिक अभ्यासमा रहेकै कारण सर्वज्ञान सम्पन्न हुने, उनीहरूले सबै थोक जान्ने, कसैसँग सरसल्लाह लिनुसमेत नपर्ने विचलन सुरु भयो ।

राजनीतिमा विज्ञ र दक्ष युवा आउनुपर्छ, राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ भन्ने सत्य दलहरूले बिर्संदा नागरिकको निराशा विस्फोट हुन थाल्यो । आधारवर्गको हितलाई शिरोपर गर्नुपर्ने अभिभारालाई नकार्दा दलहरूकै अवसानको आधार बन्न थाल्यो ।

अहिले पनि मतदातामा बहुदलीय प्रणालीप्रति समर्थन छ । राम्रा उम्मेदवार भएको खण्डमा नागरिकले समर्थन गरेका वा विजयी गराएका छन् । पटक÷पटक निर्वाचित भए पनि अथवा राजनीतिक वृत्तको सघन चर्चा मै रहे पनि नागरिकबीच अपेक्षित कार्यसम्पादन गर्न नसक्दा निर्वाचन जितिंदैैन भन्ने प्रमाणित भएको छ । बारम्बार परीक्षित, असफल र अनुपयोगी अनुहारहरूप्रति नागरिकमा उष्ण वितृष्णाभाव प्रस्फुटन हुन थालेको छ ।

आफूलाई विनिर्माण गर्न विराट प्रयास लगाउनुपर्छ । दलहरू नबदलिए नागरिकले मत बदल्ने अठोट गरेको स्पष्ट देखिंदैछ । नेतृत्वले उदार हुँदै सम्मानजनक बहिर्गमन वा अवकाश रोज्नुपर्छ । त्यहाँ युवा र भिजन भएका नयाँ पुस्ताले सशक्त र सकारात्मक हस्तक्षेप गर्नुपर्छ । दलहरूसँग सक्किने वा सुध्रनेमध्ये एउटैमात्र विकल्प बाँकी देखिन्छ ।

अहिलेको राजनीति क्रान्तिकारी (रिभोलुसनरी) होइन सुधारात्मक (रिर्फरमेटिभ) अभ्यास र प्रयोगबाट मात्र सही बाटोमा हिंड्छ । अनुहार, दलीय अनुबन्धन, नेतृत्वको भजनकृतन अनि देवत्करणमा रमाउने र सत्तोसरापको बहाबमा बहनेहरूको अस्तित्व धरमराएको छ । नागरिक सेवामा दत्तचित्त रहँदै नागरिक पहिलो प्राथमिकता (सिटिजन फस्र्ट)को अवधारणालाई अवलम्बन गर्नेहरू मात्र अनुमोदित हुने राजनीतिक चरित्र निर्माण हुँदैछ ।

निर्वाचनमा टिकट दलले दिने हो, तर मत नागरिकबाट लिनुपर्छ । अब दलले आपूmलाई बचाइराख्ने हो भने योग्य, दक्ष, युवा, काबिल व्यक्तिहरूलाई निर्वाचनमा प्रस्तुत गर्नुपर्छ । संगठन, सदस्यता, समिति, दलको प्रमुख नेता भनेर मात्र अब मत आउँदैन । सबै दल गरेर जम्माजम्मी २५ देखि ३० लाखको संख्यामा संगठित सदस्यहरू होलान् ।

एक करोड ८० लाख मतादातामा बाँकी १ करोड ५० लाख दलविहीन विशुद्ध मतदाता मात्र हुन् । सबै दलका कार्यकर्ता अथवा संगठित सदस्यताको सम्पूर्ण योगभन्दा मतदाता मात्रको अनुपात ५०० प्रतिशत बढी छ । उनीहरू संगठन जान्दैनन्, सदस्यता चिन्दैनन्, उम्मेदवार मन परे÷नपरे पनि मत दिनुपर्छ भन्ने दलीय ह्विपमा बाँधिंदैनन् । दलको माथिल्लो तहको मान्छे उम्मेदवार भएपछि मरिमेटेर विजयी बनाउनुपर्छ भन्ने सम्झँदैनन् ।

त्यो ५०० प्रतिशतले बढी रहेको मतदाताको आकांक्षा र रोजाइमा राम्रा, योग्य, सम्भावना बोकेका र कार्यसम्पादन गर्नसक्ने व्यक्ति पर्छन् । त्यस्ता उम्मेदवार पुराना अथवा नयाँ जुनसुकै दलबाट पनि हुनसक्छन् । एकाइसाँै शताब्दी जनआधारित (मास बेस्ड) राजनीतिको समय हो ।

राजनीतिक बहाब निर्माणमा संचारको प्रभाव अधिक रहन्छ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आप्mनो पुस्तक ‘एडासिटी अफ होप’मा यसलाई राम्ररी विश्लेषण गरेका छन् । खाली एकोहोरो रटान र आत्मरति भजाएर मात्र हुँदैन । पुराना दलहरूलाई उपनिर्वाचनको नतिजाले गतिलो सन्देश छाडेको छ । सदस्यता वितरण होइन, विज्ञता आर्कषण चाहिँ अबको राजनीतिक आचरण र अभ्यास बन्नुपर्छ ।

अब दलहरू सच्चिनुपर्छ । अहिलेका शीर्ष नेतृत्वले अभिभावकीय भूमिकामात्र निर्वाह गर्नुपर्छ । सक्रिय राजनीतिमा सक्षम र युवा पुस्तालाई अगाडि सार्नुपर्छ । अहिले रहेका लगभग सबै ठूला भनिएका दलका शीर्ष नेता राजनीतिक जीवनको उत्तरार्धमा छन् । संसद तथा पार्टीको अध्यक्षताका हिसाबले उनीहरूको यो अन्तिम इनिङ हो ।

विगतकै जस्तो नेतृत्व कौशल र आडम्बरलाई अवलम्बन गरे अब उनीहरूसँगै आबद्ध दलको पनि अन्त्य हुने जोखिम बढ्दो छ । आपूm जाँदाजाँदै पार्टीलाई पुर्नजीवन दिन सकारात्मक र रचनात्मक अभ्यास गर्नुपर्छ । भित्री मनमा यही दबाव निर्माणको अभिलाषा राखेर नागरिक विद्रोह र विशेष गरी शहरकेन्द्रित विद्रोह सुरु भएको छ ।

नयाँले केही गर्लान् कि आशा परीक्षणकै चरणमा छ, तर पुरानाले किञ्चित गर्दैनन् भन्ने निरन्तर प्रमाणित भएको छ । त्यसैले तुलनात्मक रूपमा सचेत समूहले विद्रोहको बिगुल बजाएको छ । दल तथा नेतृत्वले यसको सन्देश विचरण गर्नुपर्छ ।

आफूलाई विनिर्माण गर्न विराट प्रयास लगाउनुपर्छ । दलहरू नबदलिए नागरिकले मत बदल्ने अठोट गरेको स्पष्ट देखिंदैछ । नेतृत्वले उदार हुँदै सम्मानजनक बहिर्गमन वा अवकाश रोज्नुपर्छ । त्यहाँ युवा र भिजन भएका नयाँ पुस्ताले सशक्त र सकारात्मक हस्तक्षेप गर्नुपर्छ । दलहरूसँग सक्किने वा सुध्रनेमध्ये एउटैमात्र विकल्प बाँकी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?