+
+

संकटालाई चार गोल गर्दै सातदोबाटो तेस्रो स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १७:४०

१३ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार सातदोबाटो युथ क्लबले संकटा क्लबमाथि सानदार जित हात पारेको छ ।

च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटालाई ४-० ले पराजित गरेको हो ।

सातदोबाटोका लागि विलियम ओपोकु र दिपकराज सिंह ठकुरीले २-२ गोल गरे ।

विलियमले १०औं र १८औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दिपकले ६८औं र ८२औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई सानदार जित दिलाए ।

सिजनको छैटौं जितपछि सातदोबाटो १२ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । पाँचौ हार बेहोरेको संकटा १२ खेलबाट १५ अंकसहित नवौँ स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?