+
+

दाङमा श्रीमानको हत्याको आरोपमा महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १२:४६

१४ वैशाख, दाङ । दाङमा एक जनाको हत्या भएको छ । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् ।

बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

विवाद हुँदा श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले बताए ।

प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?